प्रहरी जवानको परीक्षामा नक्कली परीक्षार्थी, पोखराबाट पक्राउ परिन् ज्ञानुता
पाेखरा | बैशाख ७, २०८२
पोखरा: वडा प्रहरी कार्यालय बैदामको प्रहरी टोलीले नेपाल प्रहरीको प्रहरी जवान (जनपद) पदको लिखित परीक्षा दिने नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटाकाे पाख्रीबास नगरपालिका–५ की १९ वर्षीया ज्ञानुता विश्वकर्मा रहेकी छिन् ।
गत ६ गते बिहान ८ बजे पोखरा महानगरपालिका–७, पार्दीस्थित लोक सेवा आयोग परीक्षा भवनमा सञ्चालित परीक्षामा दर्ता नं. ३३५९२ की परीक्षार्थी आरती कुमारी मण्डलको नाममा अर्की व्यक्तिले परीक्षा दिइरहेको सूचनाका आधारमा बैदामबाट खटिएको प्रहरी टोलीले ज्ञानुतालाई पक्राउ हो ।
ज्ञानुताविरुद्ध शिक्षा ऐन सम्बन्धी कसूरमा कास्की जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा । ताङतिङ दूधपोखरी तमु समाजको अध्यक्षमा पहिलोपटक महिला नेतृ चन्द्रमाया गुरुङ चयन भएकी छन् । समाजको दशौँ अधिवेशनले गुरुङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । &nb...
कर्णाली: नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्याइएका उनको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...
महेन्द्रनगर: कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित चार जना भारतीयलाई पक्राउ गरेको छ । बेलौरी नगरपालिका–१ खल्लाबाट भन्सार छलेर नेपाल...

